बुधबार , मंग्सिर १५, २०७८

चलचित्र

शिव श्रेष्ठ र भुवन केसीको ‘डाँडाको वरपिपल’ मा दर्शक शून्य

शिव श्रेष्ठ र भुवन केसीको ‘डाँडाको वरपिपल’ मा दर्शक शून्य

Posted in चलचित्र, समाचार
                                            महिनौंको बन्दपछि यही घटस्थापनाको दिनदेखि सिनेमा हलमा दर्शक जान थालेका छन्। सरकारले ५० प्रतिशत अकुपेन्सीको अनुमति दिएकोले हाल कुल सिट क्षमताभन्दा आधा सिट बराबरको मात्र टिकट बेच्न पाइने अवस्था छ। लामो समयपछि हल खुलेको उत्साह र दसैं-तिहारको माहोलले बिस्तारै दर्शक बढ्ने सम्भावना अझै बाँकी छ। तर आज ललितपुरको लबिम मलस्थित क्युएफएक्समा जे देखियो त्यसले नेपाली फिल्मले हलमा दर्शक तान्न अझै धेरै संघर्ष गर्नुपर्ने देखाएको छ। हाल यहाँ हलिउड फिल्म 'नो टाइम टु डाइ' र 'फास्ट एन्ड द फ्युरियस'का साथमा नेपाली फिल्म 'डाँडाको वरपिपल' प्रदर्शन भइरहेको छ। लबिम मल क्युएफएक्सका ड्युटी अफिसर शुशान्त बुढाथोकीका अनुसार समग्रमा सिनेमा हेर्न आउने दर्शकको संख्या २५ देखि ३० प्रतिशत छ। उनका अनुसार तीन फिल्ममध्ये सबैभन्दा बढी दर्शक नो टाइम टु डाइले पाएको छ। सबैभन्दा कम दर्