सोमबार , अषोज ४, २०७८

Author: Admin

कैलालीमा पत्रकार , मन्त्री देखि जनप्रतिनिधिको लापरबाही कोरोनालाई व्यवस्था गर्दै सुरक्षा मापदण्ड उपयोग नगरी कम्मर मर्काउनमा व्यस्त । ( फोटो र भिडियो सहित ) क्रमश…

कैलालीमा पत्रकार , मन्त्री देखि जनप्रतिनिधिको लापरबाही कोरोनालाई व्यवस्था गर्दै सुरक्षा मापदण्ड उपयोग नगरी कम्मर मर्काउनमा व्यस्त । ( फोटो र भिडियो सहित ) क्रमश…

Posted in समाचार, स्वास्थ्य /जिबनशैली
    सुदूरपश्चिमकि कानुन मन्त्री पुर्णा जोशी।देउवा निवास धनगढीमा आरजु राणा देउबा आउदा ।
दाङमा सिस्ने खोलाले कार बगाउँदा ४ जनाको मृत्यु एक जना घाइते ( भिडियो सहित )

दाङमा सिस्ने खोलाले कार बगाउँदा ४ जनाको मृत्यु एक जना घाइते ( भिडियो सहित )

Posted in घटना, समाचार
  पत्रिका नेपाल - दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-२४ च ४४४० नं. को कारलाई घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँँदा कारमा सवार चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया पुन तथा घोराही-१४ का २९ वर्षीया राधा कुँवर र ४० वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । त्यस्तै कार चालक घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ४३ वर्षीय नरबहादुर पुन घाइते छन् । पुनको खुट्टा भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । उनलाई बगाएको स्थानदेखि करिब डेढ किलोमिटर टाढा घोराही–१७ बेलभारको नयाँवस्तीमा फेला पारे
कलाकार निशा घिमिरेको निधन 

कलाकार निशा घिमिरेको निधन 

Posted in समाचार
पत्रिका नेपाल - नार्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए। घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन्। पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो। बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो। ‘लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन,’ प्रवक्ता बाँस्तोलाले भने, ‘उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो।’ उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन्। जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निस्शुल्क उपचार थालेको थियो। ‘अस्पतालको सिसियुमा लगातार राखी उपचा
कोरोना रोग उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण

कोरोना रोग उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण

Posted in बिज्ञान प्रबिधि, स्वास्थ्य /जिबनशैली
  पत्रिका नेपाल - लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक रु. ६,००,०००।– (छ लाख) बराबरको मेसिन तथा सामग्रीहरु हस्तान्तरण गरियो । जसमा स्वास प्रस्वासमा समस्या भएका गम्भीर विरामीको लागि जीवनदान दिने Non-invasive Ventilation BIPAP मेसिन– ३ थान, बेन्स सर्किट– ५० थान, बेन्स सर्किट मास्क– ५० थान, अक्सिजन मास्क (बच्चाको लागि समेत) १५० थान, नासल प्रोन्ज ५० थान रहेका छन् । स्मरण रहोस् सो अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने गरेको छ । सो कार्यक्रमको लागि पोर्टल्याण्ड, अमेरिका निवासी डा. सरोज श्रेष्ठ, डा. रमेश मरहठ्ठा, दिपेश वैद्य, ध्रुवराज श्रेष्ठबाट १ थान BIPAP मेसिन र ३० थान बेन्स सर्किट सहयोग प्राप्त भएको थियो । जर्मनवासी नेपालीहरुको तर्फबाट सर्मिला राजभण्डारी (अर्याल)
यी हुन् तालिवानका प्रमुख नेताहरू, कसको जिम्मेवारी के ?

यी हुन् तालिवानका प्रमुख नेताहरू, कसको जिम्मेवारी के ?

Posted in अन्तर्राष्ट्रिय समाचार, समाचार
पत्रिका नेपाल - युद्धरत चरमपन्थी संगठन तालिवान अहिले विश्वभरका सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ। अफगानिस्तानी सरकारविरुद्ध युद्धमा होमिएको यो संगठनले मे महिनादेखि मुलुकभर शृंखलाबद्ध आक्रमण सुरु गरेको थियो। तालिवानले गत १० दिनमा अफगानिस्तानका ३४ मध्ये २८ वटा प्रान्त कब्जा गरेको छ। तालिवानले एकपछि अर्को गर्दै कन्दाहार, हेरात, जलालवादलगायतका मुख्य सहरहरू कब्जा गरिसकेको छ। अब तालिवानले कब्जा गर्न बाँकी मुख्य सहर भनेको राजधानी काबुल मात्रै हो। तालिवानले तीव्र गतिमा अफगानिस्तान कब्जा गर्नै लाग्दा पनि हालसम्म अफगानिस्तानका राष्ट्रपति असरफ घानीने राजीनामा भने दिएका छैनन्। तालिवानले आइतबार बिहान जलालवाद कब्जा गरेसँगै राजधानी काबुललाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। उसले चारैतिरबाट काबुललाई घेरिसकेको सञ्चारमाध्यमले बताइरहेका छन्। के हो तालिवान ? सन् १८८९ मा अफगानिस्तानबाट सोभियत सं
अफगानिस्तानमा विजय भएको र युद्ध सकिएको तालिबानको घोषणा

अफगानिस्तानमा विजय भएको र युद्ध सकिएको तालिबानको घोषणा

Posted in अन्तर्राष्ट्रिय समाचार
        राष्ट्रपति कार्यालयमा तालिबान लडाकुहरु । पत्रिका नेपाल -  तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ । तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’ विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेक
तालिवान विद्रोहीद्वारा अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा

तालिवान विद्रोहीद्वारा अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा

Posted in अन्तर्राष्ट्रिय समाचार
        पत्रिका नेपाल - तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन्। राष्ट्रपति असरफ घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् । साथै तालिबान विद्रोहीले राष्ट्रपति कार्यालयमा आफ्नो झण्डा गाडेका बीबीसीले जनाएको छ । राष्ट्रपति घानीले देश छाडेपछि सहजै रुपमा तालिबानले राष्ट्रपति कार्यालय कब्जा गरेको समाचारमा जनाइएको छ। राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन्। समाचार एजेन्सी  एपीका अनुसार एक तालिवानी सैन्य कमान्डरले राष्ट्रपति कार्यालयबाटै आफूसँग यस्तो घोषणा गर्ने तयारी भैरहेको बताएका छन्। काबुलबाट सार्वजनिक भएका भिडिओ र तस्विरमा काबुल विमानस्थलमा देश छाड्नेको ताँती देखिन्छ । यसैबीच अमेरिकासहित पश्चिमा मुलुकहरुले आफ्ना कूटनीतिक कर्
अफगानिस्तानको राजधानी काबुलको मुख्य द्वार प्रवेश गर्ने बित्तिकै खुशीले भक्कानीए तालिवान लडाकु ( भिडियाे सहित )

अफगानिस्तानको राजधानी काबुलको मुख्य द्वार प्रवेश गर्ने बित्तिकै खुशीले भक्कानीए तालिवान लडाकु ( भिडियाे सहित )

Posted in अन्तर्राष्ट्रिय समाचार
पत्रिका नेपाल - अफगानिस्तानको राजधानी काबुलको मुख्य द्वार प्रवेश गर्ने बित्तिकै खुशीले भक्कानीए तालिवान लडाकु ।  
असुरक्षित अफगानिस्तानमा सुरक्षा प्रदान गर्दै नेपाली गार्ड

असुरक्षित अफगानिस्तानमा सुरक्षा प्रदान गर्दै नेपाली गार्ड

Posted in अन्तर्राष्ट्रिय समाचार
पत्रिका नेपाल - अफगानिस्तानमा कार्यरत नेपालीहरूको उद्धारकार्यका लागि विदेशीहरूले चासो देखाएका छन् । अधिकांश नेपालीहरू ग्रिन जोनमा सुरक्षाकर्मीका रूपमा कार्यरत भएकाले अन्य कर्मचारीको उद्धार भइसकेपछि आफ्नो पालो आउन सक्ने उनीहरूको अपेक्षा छ । ‘हामीले अन्तिमसम्म ड्युटी गर्नुपर्ने हुन्छ,’ अफगानिस्तानस्थित जर्मनी नियोगमा कार्यरत एक नेपालीले नाम नछाप्ने शर्तमा भने, ‘अरूको उद्धारपछि हाम्रो पालो आउँछ होला ।’ ती व्यक्तिका अनुसार विदेशीहरूको उद्धार कार्य जारी छ । ‘पाँच मिनेटमै विमानस्थल पुग्न सकिने ठाउँमा पनि हेलिकोप्टर चाटर्ड गरेर नागरिकहरूलाई लैजाने काम भएको छ,’ उनले भने । नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तान मामिला हेर्ने गर्छ । दूतावासले पनि नेपालीहरूको सुरक्षित उद्धारका लागि काबुलमा रहेका कूटनीतिक नियोगका पदाधिकारीहरूलाई आग्रह गरेको छ । भारतस्थित नेपाली दूतावासका उपनियोग प
देश छोडेर भागे अफगान राष्ट्रपति

देश छोडेर भागे अफगान राष्ट्रपति

Posted in अन्तर्राष्ट्रिय समाचार
पत्रिका नेपाल - अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्गबाट ताजिकिस्तान गएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। सुरक्षाका कारण घानी  कहाँ छन् भन्नेबारे राष्ट्रपति कार्यालयले कुनै जानकारी दिएको छैन। समाचार संस्था एपीले स्रोतहरूलाई उद्धृत गर्दै घानीले अफगानिस्तान छोडेको बताएको छ। तालिबानका एक जना प्रतिनिधिले घानी कहाँ छन् भन्नेबारे आफूहरूले खोजी गरिरहेको बताएका छन्। यसअघि आइतबार दिउँसो शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणका लागि तालिबान प्रतिनिधिहरू राष्ट्रपति कार्यालय गएका थिए। तालिबानहरूले  काबुललाई आफूहरूले बलपूर्वक नियन्त्रणमा नलिने बताएका थिए। उनीहरूले हरेक नागरिकको जीवन र सम्पत्तिको आफूहरूले रक्षा गर्ने उल्लेख गर्दै कसैलाई पनि देश नछोड्न भनेका थिए। आइतबार द