बुधबार , मंग्सिर १५, २०७८

भान्साको खर्च घटाउने विद्युतीय चुला सबैले प्रयोग गरौ र भारतीय ग्यास विस्तापित गरौ !

मंग्सिर ९, २०७८ बिहिबार 34

दिन प्रतिदिन पेट्रोलियम पदार्थ र ग्यासको बढ्दो मूल्यले नेपाली भान्सा महँगिएको छ । केही दिनअघि नेपाल आयल निगमले ग्यासको भाउ एकैपटक प्रतिसिलिण्डर ७५ रुपैयाँले बढायो । ‘जसले नेपाली भान्सालाई झनै महँगो बनाएको छ ।

एकातिर आयातित ग्यासको भाउ बढ्दै गएको छ भने अर्कोतिर नेपालमै उत्पादित बिजुलीले बजार खोजिरहेको अवस्था छ । यसको लागि विद्युत प्राधिकरणले बुधबारदेखि विद्युतको आधारभूत शुल्कमा कमी पनि ल्याएको छ ।’ तर, अब ग्यासको बढ्दो मूल्यको असरबाट बच्न के गर्ने ? जानकारहरू बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्न भान्सालाई विद्युतीकरण गर्न सकिने सुझाव दिन्छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत प्रकाश शर्मा ढकाल ग्यासको प्रयोगलाई नियन्त्रण गर्नको लागि विद्युतीय भान्साको अवधारणालाई अघि बढाउनुपर्नेमा जोड दिन्छन् ।’ विद्युतको आन्तरिक खपत बढाउनको लागि विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहित गर्न जरूरी रहेको उनी बताउँछन् ।

एक सरकारी अध्ययन अनुसार खाना पकाउने ग्यासको विस्थापन गरी विद्युतीय चुलो प्रयोग गर्दा मात्र पनि कुल कार्बन उत्सर्जनमा ११ प्रतिशत कमी आउँछ भन्ने देखाएको छ ।’ त्यसैले मूल्यवृद्धि नियन्त्रण एवं कार्बन उत्सर्जनको कमीको लागि पनि विद्युतीय चुलो सहयोगी हुने जानकारहरुको मत छ ।

विद्युतीय भान्साको लागि के-के छन् विकल्प ?कुनै पनि विद्युतीय चुलो किन्दा त्यसको पावर रेट, प्रिसेट भ्यालु, सुरक्षाको लागि आवश्यक फिचर, चुलोको प्यान साइज लगायतका विषयलाई ध्यान दिनुपर्छ । बजारमा यस्ता अनेकथरी विद्युतीय चुलो पाउन सकिन्छ ।’ एउटा कुकिङ प्लेटयुक्त विद्युतीय चुलोको बजार मूल्य एक हजार एक सय रुपैयाँदेखि शुरु हुन्छ ‘। दुईवटा प्लेटयुक्त चुलो वा एउटै पनि बढीमा १८/२० हजार रुपैयाँसम्म पर्ने पनि बजारमा पाइन्छ ‘। यसरी बिजुलीबाट खाना पकाउने अनेक सुविधायुक्त चुलोहरु बजारमा पाइन्छन् ।

प्रतिकृया दिनुहोस्