बुधबार , मंग्सिर १५, २०७८

काठमाडौं आउँदै गरेको ट्रकको ठक्करबाट छोरीको मृत्यु, घाईते आमाको कस्तो छ अवस्था ?

मंग्सिर ९, २०७८ बिहिबार 14

काठमाडौं आउँदै गरेको ट्रकको ठक्करबाट छोरीको मृत्यु, घाईते आमाको कस्तो छ अवस्था ?
काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा मालबाहक ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्।

विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिँदा धादिङको सिद्धलेक गाउँपालिका १ नलाङकी ११ वर्षीय कृपा अर्यालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेस रिमालले जानकारी दिए।

दुर्घटनामा घाइते मिठु अर्यालको गजुरीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, महानगरीय प्रहरी परिसरले सवारी ज्‍यान मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर थिमि नगरपालिका-१३ बस्‍ने ४४ वर्षीय रामभक्त श्रेष्ठ रहेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसरको विशेष टोलीले नक्सालबाट बुधबार पक्राउ गरेको हो । रामभक्तले २०५९ साल पुस १५ गते विहान काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा बा२प ७३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामचन्द्र श्रेष्ठको घटनास्थलमै मृत्‍यु भएको थियो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) निरन्जन दत्त भट्टले बताए ।

प्रतिकृया दिनुहोस्