बुधबार , मंग्सिर १५, २०७८

चितवनमा हुन् लागेको महाधिवेशनको अघिल्लो दिन इतिहाँस मै नभएको घटना भएपछि…

मंग्सिर ९, २०७८ बिहिबार 21

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ ।

महाधिवेशन लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ । महाधिवेशन उद्घाटनका दिन लाखौँ जनता सहभागी हुने भएकाले सुरक्षा र ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । महाधिवेशनमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीको कमाण्डमा प्रहरी खटिँदै छन् ।

नेकपा एमालेको दशौँ महाधिवेशनका कारण चितवनको होटल क्षेत्रमा रौनक थपिएको छ । एमालेले नारायणगढको नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्द सत्रको कार्यक्रम राखेको छ । महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म भए पनि चितवनका लगभग सबैजसो होटल मङ्सिर ९ देखि १३ गतेसम्मकै लागि बुकिङ भइसकेका छन् ।

महामारीका कारण दुई वर्षसम्म सुनसान रहेको मुख्य पर्यटकीय क्षेत्र यति बेला जुरमुराएको छ । केही समय पहिलेसम्म होटल बुकिङ नभएर हैरान भएका व्यवसायी अहिले होटलमा बेड नपुगेर त’नावमा छन् । सौराहासहित भरतपुर र नारायणगढ क्षेत्रका सबैजसो होटल एमालेको महाधिवेशनकै लागि बुकिङ भइसकेका छन् ।

सौराहामा इतिहासमा पहिलो पटक सबै खाले होटलका सबै कोठा बुकिङ भएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । जतिसुकै पर्यटक पुगे पनि यसरी एकै पटक सबै होटलका सबै कोठा यसअघि कहिल्यै बुकिङ नभएको सङ्घले जनाएको छ । अहिले भने साना, मझौला र ठूला गरी सबै खाले होटल एमालेका नेता, प्रतिनिधि, पर्यवेक्षक, सञ्चार माध्यमका प्रतिनिधि र कार्यकर्ताले बुकिङ गरेका छन्

प्रतिकृया दिनुहोस्