बुधबार , मंग्सिर १५, २०७८

ब्रेकिङ – नेपालगन्जमा बुद्ध एयरको जहाज स्यालसँग ठो’क्कियो !

मंग्सिर ९, २०७८ बिहिबार 25

काठमाडौं : बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठो’क्किएको छ । बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा

विमानस्थलनमा अव’तरणका क्रममा स्यालसँग ठो’क्किएको हो ।अवतरणका क्रममा स्यालसँग ठो’क्किएको विमानमा सामान्य क्ष’ति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ ।

स्यालसँग जहाज ठो’क्किएपछि अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेका छन् । जहाज त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो । र, अवतरणका क्रममा स्यालसँग जहाज ठो’क्किन पुगेको थियो ।

थप समाचार,
देशको विद्यमान समस्या समाधान कांग्रेसले गर्न सक्छ : विमलेन्द्र निधि !

धनुषा : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान कांग्रेसले नै गर्नसक्ने बताएका छन् । निधिले देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताए ।

कांग्रेस धनुषा क्षेत्र ३ (ख)को पहिलो क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा आज जनकपुरधाममा उपसभापति निधिले कांग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भएकाले कांग्रेसलाई सहयोग गर्न आम जनतासँग आग्रहसमेत गरे ।

उपसभापति निधिले कांग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रित रहेको बताउँदै उनले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताए ।

निधिले भने, “वर्तमान सरकार सही दिशामा अघि बढिरहेको छ । पुनः एक पटक कांग्रेसलाई मतदाताले बहुमत दिनुपर्छ ।” निधिले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा आउनुपर्ने जोड दिए ।

कार्यक्रममा प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफूले कांग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए ।

कांग्रेस धनुषा क्षेत्र ३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्