बुधबार , मंग्सिर १५, २०७८

१३ दिनदेखि बाटोमा भोकै हिडिरहेको एक जोडी,पैदल यात्रा यसरी गर्दैछ (भिडियो हेर्नुस्)

मंग्सिर ९, २०७८ बिहिबार 37

इलामको भालुपानी भन्ने ठाउँ नजिकै एक जोडि बाटोमा हिडिरहेको अवस्थामा भेटिए । मंसिर महिनाको चिसोमा उनिहरु एकसरो कपडा र खुट्टामा चप्पल लगएर एउटा झोला बोकेर हिडिरहेको भेटिए । उक्त अवस्थामा भेटिएका उनिहरु बिगत १३ दिनदेखि यसरी नै हिडिरहेको बताए । करिव ७ महिना अघि मात्र उनिहरुले बिबाह गरेको बताए । उनिहरुले अन्तरजातिय प्रेम बिबाह गरेका रहेछन । श्रीमान मगर रहेका छन भने श्रीमती पौडेल हुन । हेर्दा भर्खर २०/२२ वर्षको उमेर देखिने उनिहरु यसरी भोकै हिडिरहेका छन ।

मोरङको लेटाङ बुधबारे भन्ने स्थानमा आफुहरुको घर भएको उनिहरुले बताए । आफुले संखुवासभाकि पौडेल थरकी श्रीमती बिबाह गरेर लगे पछि घरमा आफ्नो सौतेनी आमाले श्रीमतिलाई चिर्पट दाउराले कुटपिट गरि अनुहार भरी चोट लगाएको र एउटा दात पनि झातिदिएको ती युवाले बताए । साथै श्रीमतिलाई खुडाले हानेर हात खुट्टा इत्यादी ठाउमा चोट भएको उनले बताएका छन । घरमा त्यसरी कुटपिट गरे पछि आफुहरु अहिले ताप्लेजुङ जान भने हिडेको १३ दिन भएको उनले बताए ।

बाटोमा कतै माग्दै खादै अहिलेसम्म हिडिरहेको उनको भनाई छ । दुई दिब बाट केही तातो खान नपाएको र एक जना होटलमा चिउरा र चाउचाउ दिनुभएको त्यही बोकेर खादै हिडेको उनिहरुले बताए । त्यसरी बाटोमा भेटिएका उनिहरु अहिले ताप्लेजुङमा भने आन्टि रहनुभएको र त्यही बोलाउनु भएकोले उतै गएर काम गर्ने भनी हिडेको बताए । कहिले पुगिन्छ उनिहरुलाई त्यो पनि थाह छिन । गाढी चढेर जाने पैसा पनि नभएको कारणले गर्दा आफुहरु हिड्दै जान लागेको बताए ।

बिबाह गरि लेटाङ आए पछि माइतिमा एक पटक फोन गरेको र उताबाट दुबै जना यता आउनु भनेको ती युवतिले बताईन । अनुहार र शरीर भरी नै चोट बोकेकी ती युवतीले यस्तो अवस्थामा आफुलाई आफ्नो आफन्तले देख्दा अचम्म मान्ने बताईन । अब उनिहरुको लक्ष भनेको जसरी पनि ताप्लेजुङ पुग्नु रहेको बताए । हिड्दै जादाँ कोहि कसैले केही सहयोग गरि आफुहरुलाई ताप्लेजुङ सम्म पुर्याउन सहयोग गरिदिए आफुहरु आभारी हुने उनिहरुको भनाई छ ।

यता ती युवक भने आफू पहिले गीत लेख्ने र गाउने गरेको पनि बताए । साथै उनले मीठो स्वरमा गीत पनि सुनाए । उनका अनुसार आफू प्रमोद खरेल र एलिना चौहानसगै धेरै पटक कन्सर्टमा पनि साथमा गाएको बताए । तर अहिले भने उनिहरुको अवस्था हेरि नसक्नु रहेको छ । उहाहरुलाई सहयोग गर्न पनि कुनै सम्पर्क नम्बर आफुहरु सगँ नभएको उनिहरुले बताए ।

आफुहरुको घरमा बस्न खान केही नभए पछि घर छोडेर हिड्नु परेकोले केही नभएको बताए । घरेलु हिंसामा परेका उनिहरुले प्रहरी उजुरी भने नगरेको बताए ।
भिडियो हेर्नुस :-

प्रतिकृया दिनुहोस्