बुधबार , मंग्सिर १५, २०७८

काँग्रेसको मतगणना स्थलमा गो,ली चल्यो, दुई प्रहरी सहित ७ घा’इते

मंग्सिर ७, २०७८ मंगलबार 19

धनगढी : काँग्रेसको प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गो,ली चलेको छ। मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुं’गा प्र’हार गरेका थिए। मत परिणममा असन्तुष्टि जनाउँदै युवाहरुले मतगणनास्थलमा आ क्रम’ण गर्न थालेपछि प्रहरीले गो,ली चलाएको हो।

प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई निय’न्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्या’स प्र’हार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।झ ड’पका क्रममा प्रहरी सहित ७ जना घा’इते भएका छन। घा’ईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्प ताल बिजुवार ल्याइएको छ। आ क्रम’णपछि अहिले मतगणना कार्य स्थगित भएको छ ।

निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल सिटौला पक्षबाट विष्णु कुमार गिरी मैदानमा छन। जिल्ला सभापती पदका लागि खसेको कुल १०६५ मत मध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। अब जम्मा ६५ मत गणना हुन बाँकी छ । गिरी पक्षका कार्यकर्ता विजयी घोषणा गरी खुशी मनाइरहेका छन भने रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गरिरहेका छन।

प्रतिकृया दिनुहोस्