बुधबार , मंग्सिर १५, २०७८

गुडिरहेको बसमा ए,क्कासी आगो लाग्दा कम्तीमा ४६ जनाको मृ,त्यु

मंग्सिर ७, २०७८ मंगलबार 13

एजेन्सी । बुल्गेरियाको एक सडकमा गुडिरहेको बसमा आगो लागेको छ। उक्त दु,र्घटनामा कम्तिमा ४६ जना यात्रुको मृ,त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। मृ,त्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक रहेका छन्।

बुल्गेरियाको राजधानी सोफियाबाट ५४ किलोमिटर टाढा रहेको स्ट्रुमा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र लगत्तै बस प,ल्टिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

दु,र्घटनामा परी ज्या,न गुमाउनेमा बालबालिका समेत छन् । बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयको सुरक्षा विभागका प्रमुख निकोलाई निकोलोभले जलेर ग,म्भीर घाइते भएका ७ जनालाई अस्पताल लगिएको बीटीभीलाई बताए ।

दु,र्घटनामा परेको बसमा ५३ यात्रु सवार थिए । उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओस्मानीका अनुसार टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फर्किने क्रममा पर्यटक बोकेको बस आगो लागेर पल्टिएको थियो ।

सोफियास्थित उत्तरी म्यासेडोनियाको दूतावासले दु,र्घटनामा ज्या,न गुमाउनेहरू आफ्ना नागरिक रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्