बुधबार , मंग्सिर १५, २०७८

बैंकमा गार्डले मास्क लगाउन पठाएपछि रिसाएका अर्बपतिले सबै कर्मचारीलाई दिए यस्तो अचम्मक सजाय

मंग्सिर ७, २०७८ मंगलबार 30

बैंकमा गार्डले मास्क लगाउन पठाएपछि रिसाएका अर्बपतिले सबै कर्मचारीलाई दिए यस्तो अचम्मक सजाय

काठमाडौं। कोरोनाभाइरस महामारीका कारण अहिले मास्क लगाउनु अनिवार्य जस्तै भएको छ । तर, अझै पनि केही व्यक्तिहरु भने मास्क लगाउन मन पराउँदैनन् । चीनमा एक जना अर्बपति बैंक गएका बेला बैंकका सुरक्षा गार्डले उनलाई मास्क लगाउन पठाएका थिए । यही कुरामा रिसाएका ती अर्बपतिले त्यो बैंकबाट आफ्नो सबै पैसा निकाले ।

यतिमात्र होइन ती अर्बपतिले आफूसँग खराब व्यवहार गरिएको भन्दै बैंकका कर्मचारीहरुलाई विचित्रको सजाय दिए । चीनको शांघाइमा होंगमेइ रोडमा रहेको बैंक अफ शांघाइमा गएका ती व्यापारीले गार्डको व्यवहारलाई निकै खराब बताउँदै बैंकबाट सबै पैसा निकालेर त्यो सबै पैसा बैंकका कर्मचारीले हातले गनेर दिनुपर्ने माग गरे । सामाजिक संजाल विबोमा सनवियर नामले चिनिने अर्बपतिले बैंकका कर्मचारीको व्यवहारबाट निराश भएर यस्तो कारवाही गरेको बताएका छन् ।

रिसाएका यी अर्बपतिले चीनको बैंकको एक दिनमा बढीमा ५ मिलियन युआन (करिब साढे ९ करोड रुपैयाँ) निकाल्न पाइने अधिकारको प्रयोग गरे जुन त्यहाँ बै.कका कर्मचारीको लागि निकै ठूलो संकटभन्दा कम थिएन । उनले यो पैसा बैंकका कर्मचारीले हातले गनेर दिनुपर्ने माग गरे । बैंकका कर्मचारीले यो पैसा गनेर ब्यागमा भरेको तस्वीर उनले आफ्नो सामाजिक संजालमा शेयर गरेका छन् ।

सनवियरका अनुसार उनी बैंकमा भएको सबै पैसा निकालेर नसकिँदासम्म यसैगरी पैसा निकाल्न बैंकमा गइरहनेछन् र हरेक पटक कर्मचारीले उनलाई यसैगरी हातैले गनेर पैसा दिइरहनुपर्नेछ । आफ्नो पोस्टमा अर्बपतिले आफ्नो वास्तविक नामको खुलासा गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्