बुधबार , मंग्सिर १५, २०७८

सिन्धुपाल्चोमा आग’लागी : घरबाट बाहिर निस्किन नसक्दा तीन जना बालकको मृत्यु

मंग्सिर ७, २०७८ मंगलबार 13

काठमाण्डाै / सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आ”गला’गी हुँदा तीन जना बालकको ज्यान गएको छ ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको हो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा हिजो बेलुका सात बजेतिर आगो लागेको हो ।

गोठमा स’ल्किएको आगोले घर पनि ज’लेर न’ष्ट भएको छ । आगो लागे पछि बालबालिका घर बाहिर निस्कन नसक्दा उनीहरुको ज्यान गएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आ गो लागेको समयमा अभिभावक घरमा थिएनन् । आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, त्यहीँ गाउँका सुकमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको ज्यान गएको हो ।

आगो गएराति नै नियन्त्रणमा आएको छ ।

प्रतिकृया दिनुहोस्