बुधबार , मंग्सिर १५, २०७८

सिन्धुपाल्चोकमा ३ जना बालकको मृत्यु

मंग्सिर ७, २०७८ मंगलबार 17

काठमाडौं :

हेलम्बू गाउँपालिका-७ सुर्सिङमा आ’गला’गी हुँदा ३ जना बालकको मृत्युु भएको छ।

(सोमबार) साँझ करिब ७ बजे सुर्सिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आ’गला’गी भएको हो।

आ’गला’गीबाट तामाङका ६ वर्षिय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षिय छोरा

मनिष तामाङ र साइँला तामाङका ५ वर्षिय छोरा दिलबहादुर तामाङको घटनास्थलमै मृत्युु भएको हो।

गोठमा थुपारिराखेको मकैको ढोड र सुकेको नल स’ल्किँदा आ’गला’गी भएको

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले घरमा अभिभावक कोही नहुँदा

लागेको आ’गो ननिभाउन नसकेकाले मानवीय क्ष’ति हुन पुगेको बताए।

गोठमा रहेको लाइटर बालकहरूले खेलाउँदा आ’गला’गी भएको अनुमान गरिएको उनले बताए।

आ’गला’गी हुँदा तामाङको गोठमा बालकहरू मात्र रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्