बुधबार , मंग्सिर १५, २०७८

कैलालीका भुपेन्द्र बडुवालको ह’त्या आरोपमा फरार युवा अहिले धरानबाट प’क्राउ

मंग्सिर ७, २०७८ मंगलबार 27

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका १ युवक धरानबाट पक्राउ परेका छन् ।

आइतवार साँझ शाही धरानको विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले बताए ।

शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो। पछ्याउँदै जाँदा शाही विजयपुरमा पक्राउ परेको खड्काले बताए।

बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो।

हत्या गरेको आरोपमा १६ जनाविरूद्ध किटानी जाहेरी परेको छ। जाहेरी परेकामध्ये शाहीसहित सात जना फरार थिए।

टीकापुर हत्याको दुई साता नाघ्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन।

शाहीसहित बडुवाल हत्याका १० आरोपी पक्राउ परेका छन्। अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यद्यपि, कैलाली प्रहरीले भने आधिकारिक रूपमा जानकारी दिन मानेको छैन।

यो पनि पढ्नुहोस कोभिड–१९ विरुद्ध दाङका बालबालिकालाई फाइजर खोप लगाउन सुरु गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षभन्दा माथिका सबै बालबालिकालाई फाइजर खोप शनिबारदेखि लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएका बालबालिकालाई यो खोप लगाइएको थियो । शनिबारदेखि सबै बालबालिकालाई फाइजर खोप लगाउन थालिएको बताइएको छ ।

खोप लगाउन आउने बालबालिकाले जन्म दर्ताको प्रमाणपत्र लिएर आउन भनिएको छ । विद्यालयले पालैपालो विद्यार्थीलाई खोप केन्द्रमा पठाउने गरेका छन् । यही मङ्सिर ७ गतेसम्म खोप लागाइने स्वास्थ्य कार्यालयका स्थानीय स्रोत व्यक्ति कमल चन्दले जानकारी दिनुभयो

प्रतिकृया दिनुहोस्