बुधबार , मंग्सिर १५, २०७८

शौचालय जाँदा ल डेर वडाध्यक्ष बस्यालको मृत्यु, परिवारमा रुवाबासी

मंग्सिर ७, २०७८ मंगलबार 28

शौचालय जाने क्रममा ल’डे’र बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा ल’डे’र सोमबार अपराह्न मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ । अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए ।

उनको शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो । उनी क्यान्सरका रोगी भएको बताइएको छ । बस्याल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यता , नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उहाँले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

उहाँले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गर्नुभएको छ । सो आधारपत्रमा उहाँले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्