बुधबार , मंग्सिर १५, २०७८

बाबुले आफ्नै छोराछोरीमाथि छ्यापे एसिड, छोराको अवस्था गम्भीर

मंग्सिर ७, २०७८ मंगलबार 36

सोलुखुम्बु । सदरमुकाम सल्लेरीमा एक बाबुको एसिड प्रहारबाट छोराछोरीहरू घाइते भएका छन् ।सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ वसन्तबजारमा बस्दै आएका ५५ वर्षीय मोहन बराइलीले गएराति ८ बजेतिर आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरेका हुन् । एसिड लागेर उनका २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर रहेको छ भने दुवैजनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने बाबुचाहिँ प्रहरीको नियन्त्रणमा छन् । प्रारम्भिक अनुसन्धानमा मदिरा सेवन गरेर एसिड प्रहार गरेको खुलेको छ, थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

यो पनि पढनुहोस :डाेटी । बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो ।

मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताउनुभयो । कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्