बुधबार , मंग्सिर १५, २०७८

जन्तीबसले मोटरसाइकललाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु

मंग्सिर ७, २०७८ मंगलबार 14

सिन्धुपाल्चोक । यहाँको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठ’क्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृ’त्यु भएको छ । सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो ।

बसको ठ’क्करबाट बस्नेतको मृ’त्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घ’टनास्थलमा प्रहरीले अ’नुसन्धान सुरु गरेको छ भने बसका चालक फ’रार छन् । मृ’तक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् । श’व परीक्षणका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।(फाइल तस्बिर)

यो पनि : भनिन्छ पढ्न लेख्न अनि नया कुरा सिक्न उमेरले छेक्दैन । हो यहि कुरालाइ आज ६० बर्सकी ज्योती कोइरालाले सत्य साबित गरेकी छिन । ६० बर्षको उमेरकि उनी पोखराको नवप्रभात मा बि मा कानुन संकाय लिएर धमाधम अध्यनन गरिरहेकी छिन । यो उमेरमा उनको यो जोशले शिक्षक लगायत सम्पुर्णलाई थप उर्जावान बनाएको छ । सामान्यता नेपालीहरुको मान्यता भनेको उमेरमै पढ्ने कमाउने जमाउने अनि ४० कटेपसी रमाउने हो तर उनी भने यो मान्यताको ठिक बि’प’रि’त कदम चालेकी छिन ।

कक्षा ८ बाट नवप्रभातमा भर्ना भएकी उनी अहिले कक्षा ११ मा पढ्दैछिन । आफुलाइ कुशल राजनितिज्ञको रुपमा स्थापित गर्नको लागि उनले पढ्न सुरु गरेको कुरा पनि उनले खुलाइन । नेपाली काङ्ग्रेसलाइ आफ्नो पार्टी बनाएकी उनी महिला संघ देखि लिएर टोलबिकासको पनि अध्यक्ष रहेकीछिन । घरको काम देखि लिएर बाहिरको काम पनि भ्याइ पढ्न पनि समय निकाल्छिन उनी ।

छोरिलाई पढाउनु हुन्न भन्ने मान्यता भएको हाम्रो नेपाली समाजमा एउटि आमा पढ्दा कति स’म’स्या अनि दु’ख खेप्नुपर्छ भनेर र हामिले अनुमान लगाउन सक्छौ । उनको यो उमेरमा पढ्नुको पछाडी भने राजनीति नै मुख्य विषय भएको बताउछिन उनी । उनको घर माइत देखि लिएर मावलसम्म राजनितीक पृष्ठभुमि फैलिएको र यसैलाइ अनुसरण गर्ने क्रममा आफुले पनि पढ्नु पर्ने आबश्यकताको महसुस भएपश्चात आफुले कलेजमा पढ्नु थालेको बताउछिन उनी ।

निडर, देखेको कुरा बोल्न नहिचकिचाउने ज्योती अझै पनि समय छ भनेर पढ्न थालेको बताउछिन । उनी धेरै जनाको लागि प्रेरणाको स्रोत नै बनेकी छिन । राजनीतिमा निकै ठुलो छलाङ मार्ने योजना छ उनको, कास्की जिल्लाको जिल्ला सदस्यमा पनि उठिसकेकी छिन उनी । आमा भएको भए त म निकै माथी पुगिसक्थे होला भन्दै रु’इ’न उनी । उनकी आमाले यो संसार छाडिसकेकी रहिछिन ।

प्रतिकृया दिनुहोस्