बुधबार , मंग्सिर १५, २०७८

जब बिहेको पहिरनमा विश्वविद्यालय पुगिन् छात्रा

मंग्सिर ६, २०७८ सोमबार 19

नयाँ दिल्ली । गुजरातको राजकोटस्थित सौराष्ट्र युनिभर्सिटीमा आजदेखि परीक्षा सुरु भएको छ । अहिले विवाहको सिजन पनि चलिरहेको छ । यस्तो अवस्थामा राजकोटमा बस्ने शिवांगी बगथरिया आफ्नो विवाहको दिन परीक्षा दिन आउनु पर्याे । बिवाहकाे पहिरनमा परिक्षा दिन शिवांगी आइपुग्दा सबैले उनलाई हेरिरहे । शिवांगी सामाजिक कार्यको स्नातकको परीक्षामा सहभागी भएकी हुन् ।

शिवांगीका लागि विवाहभन्दा पनि शिक्षा महत्त्वपूर्ण छ । उनी पढाइ सकेर समाजसेवा गर्न चाहन्छिन् । जब उनीहरुको विवाहको मिति तय भएको थियो, त्यतिबेला परीक्षाको मिति घोषणा नगरिएको शिवांगीले बताइन् ।

आज सौराष्ट्र विश्वविद्यालयमा स्नातक तह सामाजिक कार्य सेमेस्टर–५ को परीक्षा थियो । परीक्षा दिन शिवांगी विवाहको दिन श्रीमानसँग कलेज पुगेकी थिइन् । शिवांगी बगथरिया र उनको परिवारले विवाहलाई भन्दा शिक्षालाई बढी महत्व दिएर समाजलाई शिक्षाप्रति सचेत गराउने प्रयास गरेका छन् ।

शिवांगीका श्रीमान् पार्थ भन्छन्, ‘हामीले बिहेभन्दा पढाइलाई बढी महत्व दिएका छौँ, बिहेको मिति र शिवांगीको परीक्षा एकै दिन हो भन्ने थाहा पाएपछि पहिला विवाह नै रद्द गर्नुपर्छ भन्ने लाग्यो । पछि सबैलाई बिहेको मुहूर्त अलि ढिलो गर्नु परे पनि बिहेको दिन नै शिवांगीको परीक्षा गराउनुपर्छ भन्ने विचार आयो । पढाइको महत्त्व बुझेर हामी सबैले शिवांगीलाई परीक्षा दिन पठायौँ ।’

प्रतिकृया दिनुहोस्