मंगलबार , मंग्सिर २१, २०७८

चर्पी जाने क्रममा लडेर वडाध्यक्षको मृ’त्यु

मंग्सिर ६, २०७८ सोमबार 37

शौचालय जाने क्रममा लडेर बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको मृ”त्यु भएको छ ।

उनी सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घा”इ’ते भएका थिए । लडेर अचेत भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो ।

अस्पतालमा पुर्याइसक्दा मृ’त्यु भएको भन्दै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।७३ वर्षीय बस्याल क्या¥न्सरका रोगी रहेको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए ।

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत.६ मंसिर, काठमाडौं । उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ ।

उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्