बुधबार , मंग्सिर १५, २०७८

मेयर चौधरीलाई पुत्रशोक ,खोलामामा पौडी खेल्ने क्रममा डुबेर छोराको मृत्यु

मंग्सिर ६, २०७८ सोमबार 40

मंसिर ४ :- त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई आज पुत्रशोक परेको छ । मेयर चौधरीको अन्दाजी २५/२६ वर्षिय छोरा मनोज चौधरीको शनिबार पिकनिक गएको र नजिकैको खोलामा मा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । चौदण्डीगढी नगरपालिकाको देवधारमा पिकनिक गएकोमा पिकनिकको क्रममा पौडी खेल्दा डुबेका थिए ।

डुबेका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको त्रियुगा नगरपालिकाकाका सुचना अधिकृत विश्व जित राई ले बुटवल दैनिकलाई बताउनुभयो ।

मृतक मनोज भेटेनरी डाक्टर रहेको र निजको मृत्युले अत्यन्तै दुख लागेको समेत राइले बुटवल दैनिकलाई बताए बताउनुभयो। स्रोत- बुटवल दैनिक

प्रतिकृया दिनुहोस्