बुधबार , मंग्सिर १५, २०७८

धेरै पढेलेखेका मान्छे राजनीतिमा नआएका कारण जनताले दु:ख भोगेको भन्दै राजनीतिमा होमिए युवा डाक्टर सन्तोष

मंग्सिर ६, २०७८ सोमबार 17

अछाम- अछाम जिल्लामा जन्मेर मिस्टर नेपाल सन् २०१९, सन् २०२० को मिस्टर सुपस्टारसंगै मिस्टर सुपईन्टरनेश्नल २०२१ मा थर्ड रनरअप भएका सन्तोष उपाध्याय चिकित्सा पेशामा सक्रिया छन्।

चिकित्सा पेशामा सक्रिय डा उपाध्याय अहिले राजनीतिमा सक्रिय भएका छन्। पेशाले स्वास्थ्यकर्मी रहेका उपाध्यायले नेपाली कांग्रसको १४ औँ महाविबेशन अन्तर्गत अछाम जिल्लाको क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेद्धारी दिने उद्घोष गर्दै राजनीतिमा होमिएका हुन्।

एमबिबिएसको पढाई सकरे स्वास्थ्य सेवा गर्न अछाम पुगेका डा उपाध्याय डेढ बर्ष जति कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा बसेर त्यस क्षेत्रका जनताको सेवा गरे। कमलबजारमा सेवा गर्दै गर्दा उनको मनमा यस्तो कुरा खेल्दै गयो कि बि’रामी मात्रै हेरेर समस्या समाधान नहुने रहेछ ।

‘मैले प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी हेर्दा लाग्यो हामी संग यति धेरै समस्या छन् जुन बिरामीको उपचार गरेर मात्रै सम्भव छैन् त्यसका लागि नीति निर्माण तहमै बसेर काम गर्नुपर्छ,’ उनी भन्छन् ‘त्यही कुरामा निर्णय लिएर समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर सबै नीतिको मुल नीति राजनीतिमा लागेर समस्या समाधान गर्न यस तर्फ होमिएको हुँ।’

धेरै पढेलेखेका मान्छे राजनीतिमा नआएका कारण जनताले दु:ख भोगेको भन्दै उनले अब पढेलेखेका युवाहरु राजनीतिमा आएर समाज परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए। उनले आफूमा नेतृत्व गर्ने क्षमता भएका कारण राजनीतिमा होमिएको पनि बताए।

एकैछिनमा ठुलो परिर्वतन नआएपनि राजनीतिमा आफ्नो प्रवेशले थुप्रै युवाहरुलाई राजीनितमा प्रवेश गराउन उत्साहित र मनोबल बढाउने काम गर्ने उनको विश्वास छ। ‘जनताकासंगै घुलमिल भएर काम गरेको छु, बर्षौंदेखि स्थापित भएका नेताहरुले केही गर्न नसेको अवसथामा छोटो समयमै धेरै काम गरेका कारण महाधिवेशन जित्नेमा ढुक्क छु,’ उनको दावी छ ।

अछामका विद्यालयमा पुष्तकालय स्थापना, गाँउठाँउमा शिविर संचालन, जिल्ला अस्पताललाई फो’टोथेरापी मेसिन उपलब्ध गराउने कामदेखि कोरोनाको समयमा अक्सिजन कन्सन्टेटर उपलब्ध गराउने जस्ता काम गरेको उनले बताए।

प्रतिकृया दिनुहोस्