बुधबार , मंग्सिर १५, २०७८

मूल्यवृद्धि बिरुद्ध अखिल क्रान्तिकारीले सडकमै दाउराले पकाएर खाए गुन्द्रुक खाना

मंग्सिर ६, २०७८ सोमबार 26

काठमाडौं । मूल्यवृद्धिको बिरुद्ध पछिल्लो समय बिभिन्न स्थानमा बिभिन्न संघसंस्थाहरुले आन्दोलन गरिरहेको छ, विषेश गरि राजनीतिक दल निकट विद्यार्थी संगठन ।त्यस्तै आज (आइतबार) साझा पनि समस्त मूल्यवृद्धि बिरुद्ध अखिल क्रान्तिकारी आर.आर. क्याम्पस कमिटीले सृजनात्मक/रचनात्मक प्रदर्शन गरेको छ ।

अन्य बेला भिडभाड गरेर ठेलै संख्यामा आन्दोलन गर्ने अखिल क्रान्तिकारीले आज मूल्यवृद्धि बिरुद्ध सडकमा दाउराले पकाएर गुन्द्रुक खाना खाएका छन ।उनीहरुको प्रदर्शनको मुख्य उदेश्य सरकारले मूल्यवृद्धि गर्दा आम जनताको जिवनमा कस्तो असर परेको छ भनेर देखाउन खोजेका छन ।

आजको रचनात्मक कार्यक्रममा उनीहरुले बिभिन्न नारा सहितको प्ले कार्ड समेत बोकेका थिए ।

प्रतिकृया दिनुहोस्