आइतबार , माघ ९, २०७८

गायक यम बरालसँग बिहे गर्ने कांग्रेस नेतृ गीता को हुन् ?

पुष ३०, २०७८ शुक्रबार 24

काठमाडौं – गायक यम बरालले विवाह बन्धनमा बाँधिएका छन् । हालै उनले कांग्रेस नेतृ गीता शिवाकोटीसँग लगनगाँठो कसेका हुन् ।

हालै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । कांग्रेसको प्रदेश प्रतिनिधिमा जितेकी उनी ख्याम तिवारीको प्यानलबाट उम्मेदवार बनेकी थिइन् ।

बागबजार बस्दै आएकी उनको माइती दोलखा सुनखानी हो । हाल उनी पुतलीसडकमा कन्सल्टेन्सी चलाउँछिन् । हालै उनले नगरकोटमा आफू निकट साथीसंगीलाई बिहेको पार्टीसमेत दिइसकेको बताइन्छ ।

एक टेलिभिजन कार्यक्रममा यम र गीताबीचको बिहेको तस्बिर सार्वजनिक भएपछि मात्र यो कुरा बाहिर आएको हो । यम र गीताले मंसिरमा विवाह गरे पनि यसबारे केही बताएका छैनन् ।

गायक बरालको पहिलो विवाह आकृति राणासँग भएको थियो । राणासँग उनले सन् २०११ मा सम्बन्ध विच्छेद गरेका थिए ।

प्रतिकृया दिनुहोस्