आइतबार , माघ ९, २०७८

वि`स्फो`टक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरो’ मुसाको निध`न

पुष २८, २०७८ बुधबार 22

जमिनमुनि राखिएको वि,स्फो,टक (माइन) पत्ता लगाउनका लागि चर्चित मगावा नाम गरेको मुसाको ८ वर्षको उमेरमा निध`न भएको छ ।

 

आफ्नो पाँच वर्षको करियरमा मगावाले क्याम्बोडियामा १०० सयभन्दा बढी ल्याण्डमाइन र अन्य वि,स्फो,ट पत्ता लगाएका थिए । उनले वीरताका लागि पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक पनि प्राप्त गरेका थिए ।

 

माइनहरू पत्ता लगाउन भन्दै मगावालाई बेल्जियन च्यारिटी एपोपोले प्रशिक्षण दिएको थियो । च्यारिटीले ‘अफ्रिकन जाइन्ट पोच र्‍याट’ को गत सप्ताहान्तमा निधन भएको जानकारी दिएको छ । गत हप्ता मगावाको स्वास्थ्य अवस्था सामान्य भए पनि सप्‍ताहको अन्त्यतिर उनी धेरै सुत्ने र कम खाने भएको च्यारिटीले जनाएको छ ।

 

तान्जानियामा हुर्किएका मगावालाई एक वर्षको प्रशिक्षणपछि कम्बोडिया लगिएको थियो । जहाँ उनको बम सुँघ्ने करियरको सुरुवात भएको थियो । दक्षिण पूर्वी एसियाली राष्ट्रमा ६० लाखभन्दा बढी माइन रहेको बताइन्छ ।

 

वि,स्फो,टकमा रहेको रसायनिक पदार्थलाइै सुँघेर पत्ता लगाउन सक्ने गरी प्रशिक्षित गरिएका मगवाले १ लाख ४१ हजार वर्ग मिटर क्षेत्रफललाई वि,स्फो,टक मुक्त बनाएका थिए । मगावाको तौल १.२ किलोग्राम रहेको थियो भने लम्बाई ७० सेन्टिमिटर रहेको थियो ।

 

अन्य मुसाको तुलनामा ठूलो भए पनि माइनको माथि हिँड्दा वि,स्फो,ट हुनका लागि भने उनको तौल कम नै थियो । सन् २०२० मा उनलाई पीडीएसए गोल्ड मेडल प्रदान गरिएको थियो । रातोपाटी बाट

प्रतिकृया दिनुहोस्