शनिबार , माघ ८, २०७८

पुनः संक्रमणबाट मृत्यु हुन् थाल्यो नेपालमा

पुष २७, २०७८ मंगलबार 43

पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

यो सँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्।

 

गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ।

 

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ। हाल ११३ जना क्वारेन्टाइनमा छन्। ६७ जना आइसीयू र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

काठमाडौँ उपत्यका भाइरस सङ्क्रमणको हटस्पट बनेको छ । उपत्यकामा एकै दिन ८७६ जना भाइरस सङ्क्रमित थपिएका छन् ।

 

नयाँ थपिएका सङ्क्रमितमध्ये यो सङ्ख्या ६० प्रतिशतभन्दा बढी हो । काठमाडौँ जिल्लामा मात्र ६७५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा १३६ तथा भक्तपुरमा ६५ जना सङ्क्रमित थपिएका छन् ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यका बाहेक सोमबार सबैभन्दा धेरै मोरङमा ७२, कास्कीमा ५८, चितवनमा ४५, रुपन्देहीमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

यस्तै झापामा ३१, धनुषामा १८, मकवानपुर र दाङमा १६/१६ जना, कैलालीमा १४, पश्चिम नवलपरासीमा १३, सिरहा र बाँकेमा १२/१२ जना, काभ्रेपलाञ्चोकमा ११ तथा तनहुँ र स्याङजामा १०/१० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्