शनिबार , माघ ८, २०७८

७ लाख खर्च गरेर कुकुरको जन्मदिन पार्टी प्यालेसमा मनाउँदा…

पुष २६, २०७८ सोमबार 20

एजेन्सी, २५ पुस । गुजरातस्थित अहमदाबादमा एक परिवारले कोरोना प्रोटोकल तोड्दै आफ्नो कुकुरको जन्मदिन धुमधामसँग मनाएको छ । कुकुरको जन्मदिन मनाउनको लागि पार्टी प्यालेस समेत बुक गरिएको थियो ।

निम्तालुहरुको उपस्थितिमा केक काटिएको थियो भने निकै जोडले जन्मदिन मनाइएको थियो । कार्यक्रममा गायक गायिकाले समेत प्रस्तुति दिएका थिए । सोही समयमा प्रहरी पुग्यो र ३ जना आयोजकलाई पक्राउ गर्यो ।

वास्तवमा अहमदाबादको मधुवन ग्रीन पार्टी प्यालेसमा चिराग पटेलले आफ्नो कुुकुरको जन्मदिन मनाएका थिए । पार्टीमा ७ लाख रुपैयाँ खर्च भएको थियो । कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा जमेर भाइरल भइरहेको छ । कार्यक्रमस्थलमा गुलाब, नीलो, सेतो रंग र ठुलो संख्यामा कुकुरको पोस्टर सजाइएको थियो ।

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुकी क्रिश्चियन धर्मावलम्बी ईश्वरा राईको ७४ वर्षको उमेरमा बिहीबार राती मृ; त्यु भयो । उनी २८ साउन २०७७ मा क्रिश्चियन बनेकी थिइन् ।

कारण, माइलो छोरा पञ्चराम र बुहारी सुनिता राई दशकदेखि नै क्रिश्चियन धर्मावलम्बी बनेका थिए । २०५९ सालदेखि उदयपुरको कटारी रिस्कुमा बसिरहेका जेठो छोरा विशाल, बुहारी विचारी र सुनिता तथा कान्छो छोरा होमनाथ (मृ; त्यु भइसकेको) र बुहारी सिर्जनाको परिवार भने हिन्दु धर्म मान्दैआएका थिए ।

ईश्वराको मृ; त्युपछि भने एकै परिवारको दाजुभाइबीचमा सांस्कृतिक विभाजन देखा परेको छ । क्रिश्चियन बनेका कारण ईश्वराको मृ; त्यु संस्कार सोही धर्मको नीति अनुसार शुक्रबार गरिए भने हिन्दु धर्ममा आधारित परम्परा मान्दैआएका जेठो छोराको उपस्थिति औपचारिकताका लागि मात्र रह्यो ।

प्रतिकृया दिनुहोस्