बुधबार , मंग्सिर १५, २०७८

ग्रीन क्लिन धनगढी द्वारा आयोजित अनलाइन वक्तृत्वकला प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको छ ।

कार्तिक १, २०७८ सोमबार 20

पत्रिका नेपाल – “वातावरण संरक्षणमा युवाहरूको भुमिका” शीर्ष वक्तृत्वकला प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएको छ।

असोज ४ गते अनलाइन वक्तृत्वकला प्रतियोगिताको लागी ग्रीन क्लिन धनगढीको आधिकारिक पेज मार्फत सुचना प्रकाशन गरिएको थियो । असोज १५ सम्म सहभागीहरू मार्फत पठाईएको सम्पूर्ण भिडियो १७ गते ग्रीन क्लिन धनगढीको पेजमा अपलोड गरिएको थियो ।

प्रतियोगितामा नेपालको १७ जिल्लाहरूबाट २७ जना प्रतिस्पर्धीहरु कार्यक्रम संयोजक शूभम पनेरुले बताएका छन् ।असोज २२ गतेका अनलाईन वक्तित्व कला प्रतियोगिताका सहभागिहरूको प्रस्तुति निर्णायक वर्ग साथै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरु द्वारा मुल्यान्कन गरिने कार्यक्रम रहेको थियो।

उक्त कार्यक्रमको सभापतिमा कार्य समिति सदस्य ईन्द्रमणि अवस्थी,प्रमुख अतिथिमा धनगढी उपमहानगरपालिकाकी उप प्रमुख सुशीला मिश्र भट्ट र विशिष्ट अतिथिमा समाजसेवी तथा शिक्षाप्रेमी योगेन्द्र बहादुर शाही रहेका थिए। साथै निर्णायक वर्गमा सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढीका उप प्राध्यापक डा. देवेन्द्र भट्ट र नास्ट कलेज, धनगढीका उप प्राध्यापक दुर्गा दत्त भट्ट रहेका थिए।
                                                                            निर्णायक मण्डलबाट प्राप्त अन्तिम नतिजा अनुसार ३१ असोजमा प्रथम, द्वितीय र तृतीयमा निम्नानुसार नतिजा प्रकाशन गरियो ।
प्रथम(६०००) : सावित्री भट्टराई, (सुर्खेत)
द्वितीय(४०००) : सुसिल विश्वकर्मा, (बाँके)
तृतीय (२०००) : समीक्षा अधिकारी, (कास्की)

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई प्रतियोगितामा तोकिए बमोजिमको पुरस्कार निजको बैंक खातामा र सम्पूर्ण सहभागीहरूलाई डिजिटल प्रमाणपत्र इमेल मार्फत प्रदान गरिएको छ ।

यसरी आयोजना गरिने प्रतियोगिताले विद्यार्थीलाई आगामी दिनमा थप हौसला र प्रोत्साहन मिल्ने गर्दछ।

 

प्रतिकृया दिनुहोस्