शनिबार , माघ ८, २०७८

दाँतमा जमेको मैलो निकाल्ने यी हुन् अत्यन्तै सरल ३ तरीका, हप्तामै चम्किनेछन्

पुष २२, २०७८ बिहिबार 46

काठमाडौँ । तपाइँले अक्सर देख्नु भएको छ कि गलत खाने बानी को कारण, मानिसहरुको दाँत धेरै चाँडै बिग्रन थाल्छ। र यसको मुख्य कारण पान,सुर्तिजन्यजस्ता पदार्थहरु र धुम्रपान गर्ने कारणले हुने गर्दछ।

हामी आफ्नो दाँतलाई दाँतलाई रगडि रगडि सफा गर्ने गर्दछौँ । तर हाम्रो दाँत जति रग्डेर सफा गरेपनि सफा हुने नाम निसान नै लिदैँन । तर आज हामी तपाईहरुको लागी एक महत्वपूर्ण उपाय लिएर आएका छौँ। जसको प्रयोग गर्नाले तपाईको दाँत एकदम चमचमाउने छ ।

उपाय
साथीहरु यदि तपाईको दाँतमा पुरानो मैलो जमेको छ भने तपाईले त्यसको लागी एक ताजा टुक्रा एलोभेरा, आधा चम्चा बेकिंग सोडाको साथमा आधा चम्चा कागतीको रस मिलाउनुहोस् र यही बनाएको पेष्टलाई आफ्नो दाँतमा राखेर राम्रोसँग रगड्नुहोस्।

केही समयसम्म यसलाई दाँतमा नै रहिरहन दिनुहोस् र एक हप्तासम्म यसलाई यसरी नै प्रयोग गर्ने गर्नुहोस् । यसो गर्नाले तपाईको दाँतमा जमेको मैलो फोहोर सबै साफ हुनेछ।

 

तुलसी
साथीहरु, यदि तपाइँको दाँतमा मैलो जम्नुको साथै एक तेज दुखाइ हुन्छ भने यस अवस्थामा, १० तुलसी पातहरु को एक पेस्ट तैयार गर्नुहोस् र त्यसपछि केहि समय को लागी लगातार हप्तासम्म त्यही पेष्टले दाँत माझ्ने गर्नुहोस्।

यो दैनिक गर्नाले तपाइँको दाँत दुखाइ कम हुनेछ साथै दाँत मा जम्मा भएको मैलो पनि बाहिर आउनेछ। र तपाइँको दाँत एक पटक फेरी पहिले जस्तै बलियो हुनेछ।

सुन्तला
साथीहरु, तेस्रो उपाय भनेको सुन्तलाको हरियो बोक्रालाई केही तुलसी पातहरुसंग घाममा सुकाउनु होस् र त्यस पछि, ती सुकेका पातहरु र बोक्राहरु लाई राम्रो संग कुट्नुहोस्। त्यसपछि यो बाट बनेको पाउडर संग दाँत सफा गर्नुहोस्। यसो दुई दिन गरेर तपाइँको दाँत मोती जस्तै चमक्न थाल्नेछ।

प्रतिकृया दिनुहोस्