शनिबार , माघ ८, २०७८

करियरकै सबैभन्दा ठुलो बजेटको एक्सन फिल्म निर्देशन गर्दै करण जोहर, के ऋतिकले पाउँलान त ठाउँ ?

पुष २२, २०७८ बिहिबार 32

बलिउडका चलेका फिल्म निर्माता करण जोहर अब एक्सन फिल्मको तयारीमा जुटेका छन् । करणले फिल्म ‘तख्त’ निर्देशन गर्न लागेका थिए । फिल्मको स्टार कास्ट पनि फाइनल भइसकेको छ । यसमा अनिल कपूर, करीना कपूर खान, रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, भूमि पेडनेकर र जान्हवी कपूर देखिने थिए तर महामारीका कारण फिल्म स्थगित गरिएको थियो ।

पछि करण जोहरले रकी र रानीको प्रेमकथा फिल्मको घोषणा गरे। अहिले पनि चलचित्र निर्माणको काम भइरहेको छ । फिल्ममा धर्मेन्द्र, जया बच्चन, शबाना आजमी, रणवीर सिंह र आलिया भट्टको अभिनय रहनेछ । यस फिल्मको छायांकन पनि सकिएको थिएन तर करण जोहर आफ्नो अर्को फिल्मको निर्देशनमा व्यस्त हुन थालेका छन् ।

यस फिल्मका निर्माताहरु एक्सन फिल्म र लभ स्टोरीको तयारीमा छन् । करणले एक्शन फिल्म निर्देशन गर्न लागेको यो पहिलो पटक हो । करणले फिल्ममा काम पनि सुरु गरिसकेका छन् । करणको यो फिल्म ठूलो बजेटमा बन्ने बताइएको छ । जसमा सुपरस्टारहरु कास्ट हुनेछन् । स्रोतका अनुसार ऋतिक रोशन यसमा सहभागी हुन सक्ने बताइएको छ ।

ऋतिक आफ्नो एक्शन फिल्म ‘क्रिस’, ‘क्रिस ३’, ‘ब्याङ ब्याङ’, ‘धूम २’ र ‘वार बाट एकदमै चर्चित भएका छन् । करण जोहरको एक्शन फिल्मका लागि ऋतिकलाई परफेक्ट छनोट मानिएको छ । यसअघि दुवैले फिल्म ‘कभी खुशी कभी गम’मा सँगै काम गरिसकेका छन् । यदि ऋतिक यो फिल्मको हिस्सा बने भने दुवै २१ वर्षपछि फेरि फिल्ममा काम गर्ने छन् ।

 

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्