आइतबार , माघ ९, २०७८

देउवाले बाचा पूरा गर्दै माओवादीबाट मारिएका जोन्छे पत्नी रजनीलाई बनाए मन्त्री

पुष ९, २०७८ शुक्रबार 41

काठमाडौं, ९ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन अघि भक्तपुर पुगेर द्वन्द्वकालमा माओवादीद्वारा मारिएका राधेश्याम जोन्छेकी पत्नी रजनी जोन्छेलाई मन्त्री बनाउने घोषणा गरेका थिए । उनले बाचा पूरा गरे । रजनी जोन्छे बागमती प्रदेशमा उद्दोगराज्यमन्त्री नियुक्त भएकी छिन् ।

 

रजनी जोन्छे समानुपातिकतर्फकी प्रदेश सभा सांसद हुन् । उनका पति राधेश्याम जोन्छेमाथि १६ भाद्र २०५९ मा सशस्त्र माओवादी कार्यकर्ताले भक्तपुरको तत्कालीन कटुञ्जे गाविस ६ मा गोली हानी हत्या प्रयास गरेका थिए । घटनाको बेला ५९ वर्षका जोन्छेको छातिमा गोली लागेको थियो । उनको दुवै खुट्टा नचल्ने भयो । लामो समय घाइते भएका जोन्छेको उपचारका क्रममा मृत्यु भयो ।

जोन्छेमाथि गोली प्रहार हुँदा नेपाली काँग्रेस विभाजित थियो । देउवा नेपाली काँग्रेस प्रजातान्त्रिकका सभापति थिए । जोन्छे उक्त पार्टीको भक्तपुर जिल्ला सभापति थिए ।

प्रतिकृया दिनुहोस्