शनिबार , माघ ८, २०७८

आज धान्य एवं योमरी पूर्णिमा मनाइँदै, यस्तो छ परम्परा

पुष ४, २०७८ आइतबार 38

काठमाडौँ, मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

कतिपय समुदायले भने आजै कूल परम्पराअनुसार दिवाली वा कुलदेवताको पूजा आराधना गरी धान्य पूर्णिमा पर्व मनाउँछन् । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आजको दिन यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवीलगायत स्थानमा मेलासमेत लाग्दछ ।

योमरी पूर्णिमा (योमरी पुन्हि)

नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ र घरमा लिपपोत गरी योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । गर्भवती भएका चेलीबेटीलाई गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।

यो पनि पढ्नुहोस:

काठमान्डौ, कुनै बेला निकै चर्चामा आएकी छेकी शेर्पा अहिले भने दुई जुम्ल्याहा छोरा जन्माएर कोठामा बस्दै आएकी छिन । कमल भुजेलसगँ बिबाह गरेकी छेकी शेर्पा अहिले साथमा श्रीमान नहुदाँ दुई बच्चालाई हुर्काउँन निकै गार्‍हो भएको बताउँछिन ।

कमल भने करिव दुई महिनादेखी कामको शिलशिलामा बाहिरै बस्दै आएका छन । अहिले आफुलाई दुई छोराको स्याहार गर्न निकै मुस्किल परेको उनी बताउँछिन । दुई जनालाई आफ्नो दुधले नपुग्ने भएकोले गर्दा पनि बाहिरबाट किनेर ल्याउन आर्थिक अवस्थाका कारण गार्‍हो भएको उनि बताउँछिन ।

पहिले त सबैले सहयोग गरिदिनु भएकोले ल्याक्टिजिन लगायत ल्याएर खुवाउने गरेको भएता पनि अहिले भने गाईको दिनहु एक लिटर ल्याएर खुवाउने गरेको उनले बताईन । उनले अझ अर्को अचम्को कुरा पनि बताईन, ३ महिना पुगेका ती बच्चाहरुको बोली समेत आईसकेको छेकिले बताएकी छिन ।

उनिहरु बिहान उठेर बुबु, ममि, बाबा इत्यादि भन्ने गरेको उनले बताईन । सामान्यतया ३ महिनाको बच्चा यताउता पल्टिन पनि सक्दैन । तर यी दुई बच्चाहरु भने बोल्न थालेको उनले बताईन ।

जन्मिएको करिव १ वर्ष पछि सामान्यतया बच्चाहरु बोल्ने गर्दछन । तर छेकिका यी दुई जुम्ल्याहा छोराहरु भने अहिले ३ महिना मात्र पुगेका छन । तर उनिहरु सामान्य कुराहरु बोल्न थालेको उनले बताईन ।

आर्थिक स्थिति कमजोर भएकोले पनि अहिले निकै समस्या भएको सबैतिर उधारो रहेको छेकिले बताईन । पहिले नै आफ्नो दुख देखेर सहयोग गरि दिनु भएको लत्ता कपडाले अहिले पनि लगाई त्यसैले काम चलाउदै आएको छेकिले बताएकी छिन ।

पहिलो बिबाह गरेका श्रीमान पटि एक छोरी लिएर गाउँमै बसेकी छेकिलाई उनका नन्द तथा सासुहरुले घरमा नराम्रो ब्याबहार गरि सधै दुख दिन थाले पछि उनी घर छोडेर काठमाडौ आई बसेकी थिइन ।

घरमा दिदिबहिनी तथा आमाकै कुरा सुनेर छेकिका पहिलेका श्रीमानले पनि आफुलाई राम्रो नगरेको छेकिले यश अघि बताएकी थिइन । उनलाई सासू तथा नन्दाअमाजुले आफ्नो छोरा तथा भाईको जिवम बर्बाद बनाइदिएको भन्दै दुख दिने गरेको घर छाडेको बताएकी थिइन ।

प्रतिकृया दिनुहोस्