शनिबार , माघ ८, २०७८

मंसिर २५ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मंग्सिर २४, २०७८ शुक्रबार 55

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ । परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाँउको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ । दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला । सामान्य रोग ब्याधले पनि सताउन सक्छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचे अनुरुप काम नहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन । पढाइमा सफलता मिल्ने दिन छ । स्वस्थ्य्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हात हतियारबाट जोग्गिएर काम गर्नुहोला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुरा काट्नेहरु प्रसस्त बढ्नेछन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसंग बादविवादको पनि सम्भावना छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्राय सबै कामहरू बन्नेछन् । काममा साथ सहयोग पनि पाइनेछ । आम्दानिको नयाँ श्रोत फेला पर्नेछ । भोजभत्तेरमा सम्लग्न भई ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बैदेशिक कार्यमा असफलभई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश होला । विबाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।

प्रतिकृया दिनुहोस्