सोमबार , अषोज ४, २०७८

ग्रिन क्लिन धनगढी वृक्षरोपण र बातावरण संरक्षणमा सक्रिय

साउन १९, २०७८ मंगलबार 104

                 पत्रिका नेपाल – बि. सं २०७० सालमा स्थापना भएकाे ग्रिन क्लिन धनगढीले धनगढी उपमहानगरपालिका भित्र नियमीत रुपमा वृक्षरोपणकाे कार्यक्रम गर्दै आएकाे छ। यस संस्थामा धनगढीका समाजसेवी सुवाश शाही संस्थापक अध्यक्षकाे रुपमा साथै समुएल न्याैपाने र शुभम पनेरु कार्यक्रम सहजकर्ता रहेका छन्।

सडक छेउमा वृक्षरोपण, एक घर दुई फलफूल, विद्यालय तथा धार्मिक स्थलमा वृक्षरोपण जस्ता कार्यक्रमहरु ग्रिन क्लिन धनगढी का नियमित अभियानहरु हुन्।

आज मिति २०७८ श्रावण १९ गतेका दिन धनगढी-०२ मा आवस्थित श्री नवदुर्गा मा. वि. मा विभिन्न जातका २५ ओटा विरुवाहरु राेपिएकाे छ। ग्रिन क्लिन धनगढीका स्वयंमसेवकलाई र विद्यालयका प्र. अ. तथा शिक्षकहरु सहित ३० जनाकाे उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे।

वृक्षरोपण कार्यक्रम सहजकर्ता समुयल न्याैपानेका अनुसार धनगढी-आत्तरिया ६ लेन सडककाेे विचमा रहेकाे विरुवा राेप्ने ठाउँमा करिव २ किलाेमिटर जति भाग ग्रिन क्लिन धनगढी काे नेतृत्वमा वृक्षरोपण र संरक्षक बार लगाउने कार्यक्रम सिग्र सुरुहुनेभएकाे छ।

प्रतिकृया दिनुहोस्