शनिबार , माघ ८, २०७८

यो डरलाग्दो केसमा फसेपछि अभिनेत्री ज्याकलिनलाइ सलमानले पनि छोडे साथ

मंग्सिर २२, २०७८ बुधबार 40

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम मनी लान्ड्रिङ प्रकरणमा अनुसन्धान अघि बढेको छ । यसपछि आइतवार ज्याकलिनलाई मुम्बई एयरपोर्टमा हिरासतमा राखिएको थियो र केही समयपछि घर फर्काइयो । ज्याकलिनले अनुमति बिना देश छोड्न पाउँदैनन्। ज्याकलिनको स’म्बन्ध २०० करोड रुपैयाँको मनी लान्ड्रिङको आरोपमा परेका सुकेश चन्द्रशेखरसँग रहेको बताइएको छ । अब सलमान खानले आफ्नो आगामी ‘दबंग’ टुरका लागि ज्याकलिनको सट्टा अरु अभिनेत्रीलाई लिन सक्ने बताइएको छ ।

केही रिपोर्टमा विश्वास गर्ने हो भने सलमान खान ज्याकलिनको असल साथी हुन् तर अहिलेको परिस्थितिलाई हेर्दा उनले ज्याकलिनको सट्टा डेजी शाहलाई साथ लिन सक्नेछन् । ठग सुकेश चन्द्रशेखरको मुद्दामा आफ्नो नाम आवोसभन्ने सलमान खान चाहँदैनन् । ‘बलिउड हंगामा’ को रिपोर्ट अनुसार अब सलमान खानले ज्याकलिन फर्नान्डिसलाई ईडीले सोधपुछ गर्न सक्ने भएकाले डेजी शाहलाई साथमा लैजाने मन बनाइसकेका छन् ।

सलमानको टुर आगामी सप्ताहांतबाट सुरु हुँदैछ जसमा आयुष शर्मा, प्रभुदेवा, सुनील ग्रोवर, साई मांजरेकर र शिल्पा शेट्टी जस्ता कलाकारहरु सहभागी हुनेछन् । ज्याकलिन फर्नान्डिज पनि यो टुरको एक हिस्सा थिइन् तर अब उनलाई जान गाह्रो देखिन्छ। ज्याकलिनलाई ईडीले यसअघि पनि पटक पटक सोधपुछ गरिसकेको छ । ज्याकलिनमाथि ठग सुकेश चन्द्रशेखरबाट करोडौंको उपहार लिएको आरोप छ । तर, ज्याकलिनले आफू ठगीको सि’कार भएको बताएकी छिन् ।

प्रतिकृया दिनुहोस्