आइतबार , माघ ९, २०७८

दुई छोरीको मृत्यु भएको दुई वर्षपछि त्यही दिन जुम्ल्याहा सन्तानलाई जन्म दिइन् भाग्यलक्ष्मीले

मंग्सिर २१, २०७८ मंगलबार 57

काठमाडौ । भारतमा हालै एक अनौठो घटना घटेको छ । भारतको विशाखापट्टनमस्थित भाग्यलक्ष्मीको घरमा घटेको यो अनौठो घटेकाले कँयौ मानिस अचम्ममा परेका छन् । भाग्यलक्ष्मी नाम गरेकी महिलाले दुई छोरीको मृत्यु भएकै दिन जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । सुन्दा पनि अचम्म लाग्ने यो घटना भारतको विशाखापट्टनमस्थितको हो ।

उनले आफ्ना दुई छोरीको मृत्यु भएको दिन् जुम्ल्याहा बच्चालाई जन्म दिएपछि हेर्ने मानिसको भिड लागेको छ । लक्ष्मीका दुई छोरीहरूको लाई डुङ्गा दुर्घटनामा परेर मृत्यु भएको थियो । उनले मिडियासँग कुरा गर्दे भनिन् मेरो दुई छोरीको मृत्यु भएकै दिन मेरो जुम्ल्याहा बच्चाको जन्म भएको मलाई विश्वास नै लागेको छैन् । आज म खुशीले भरिएको दिन हो ।

काठमाडौँ, २१ मंसिर । सोमबार साँझ भएको जीप दुर्घटनामा नव-दम्पतिको पनि मृत्यु भएको छ । नव दम्पति २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको पनि दुर्घटनामा मृत्यु भएको हो । उनीहरुको १० दिनअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ । (दुर्घटनाको तस्विर तल छ)

उनीहरू घरबाट दुल्हन फर्काउन माइती जाँदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा नव दम्पतिसहित पाँच जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पाटन बजारबाट कैलपाल हिँडेको से १ ज ८८८ नम्बरको जीप सोमबार साँझ पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा नव दम्पतिसहित १३ वर्षीय बालक विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई र ४० वर्षीया जानकारी भट्टराईले पनि ज्यान गुमाएका छन् । चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्