सोमबार , अषोज ४, २०७८

किन गर्दैछन् त स्वतन्त्र युवा विद्यार्थीहरु धनगढीमा MCC बिरुद्ध कार्यक्रम ?

साउन १८, २०७८ सोमबार 750

        पत्रिका नेपाल – राष्ट्रिय स्वतन्त्र युवा विद्यार्थी संघले कैलालीको धनगढीमा MCC विरोध कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम श्रावण २२ गते सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि साँझ ५ बजे बाट सुरु हुनेछ।

कार्यक्रम सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष नितिश जोशी र कैलाली जिल्ला कमिटी अध्यक्ष रबिन गिरीको नेतृत्वमा हुदैछ। MCC बिरोध कार्यक्रमले शासकहरूलाई MCC पास नगर्न दबाब दिने छ भन्ने कुरामा संगठनका प्रदेश अध्यक्ष नितिश जोशीले बिश्वास गरेका छन ।

यस संगठनले सबै देशभक्त नेपालीहरुलाई यो कार्यक्रममा भाग लिन अनुरोध गरेको छ। यो संगठनले विद्यार्थीको हकहितका लागि आगामी दिनहरुमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ।

प्रतिकृया दिनुहोस्