सोमबार , अषोज ४, २०७८

भिम रावलद्वारा संसद् पदबाट राजीनामा

साउन ३, २०७८ आइतबार 34

पत्रिका नेपाल– नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिने निर्णयमा पुगेका छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिन लागेका उनका सहयोगीले जानकारी दिएका छन् ।

आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेका थिए । रावल यसबाट असन्तुष्ट रहेको बताइएको छ ।

माधव पक्षका अन्य सांसदहरुले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । देउवाले आजै विश्वासको मत लिँदै छन् ।

प्रतिकृया दिनुहोस्