शनिबार , माघ ८, २०७८

सांसद यादवले लगनगाँठो कसिन्, अन्तरजातिय विवाह गरेर देखाइन् उदाहरण

मंग्सिर १८, २०७८ शनिबार 73

काठमाडौ । करिब २ दशक लामो प्रेमलाई अन्तरजातिय विवाहमा परिणत गर्न पाउँदा नेकपा (एकीकृत समाजवादी) प्रदेश २ की प्रदेश सांसद मन्जु यादव निकै खुसी देखिन्थिन् ।

उनले शुक्रवार आफ्नो २० वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । संगै स्कूल र कलेज पढेका साथीलाई उनले मन दिएकी थिइन् ।

महोत्तरीको भंगहा नगरपालिका वडा नं ९ अजगेवाका सूर्यनारायण ठाकुर (बरही) सँग शुक्रबार सांसद यादवको विवाह सम्पन्न भएको हो। मन्जु र सूर्यनारायणको २० वर्ष देखि प्रेम थियो ।

सांसद यादवको घर पनि भंगहा नगरपालिका ९ हरिणमरीमा पर्छ। सूर्यनारायण र मन्जुको घर झण्डै दुई किलोमिटरको दूरीमा छ। दुवैजना विद्यालयमा कक्षा १ देखि ७ सम्मसँगै पढेका थिए भने कलेज पनि संगै पढेका थिए । कलेज पढ्न थालेपछि उनीहरुको प्रेम सुरु भएको थियो । २०५८ सालमा जनकपुरस्थित राराब कलेजमा दुवै जना पढ्न थालेका हुन् । समाजमा विद्यमान जातपातको भेदभाव तथा दाइजो प्रथा न्यूनीकरण गर्ने उद्देश्यले अन्तरजातीय प्रेम विवाह गरेको सांसद मन्जु यादवले बताइन्।

पढाइका साथै समाज रुपान्तरणका लागि राजनीतितिर लाग्दा लामो समय पश्चात् घरपरिवारको चाहना अनुसार विवाह गरेको सांसद यादको भनाइ छ।
सांसद यादवका बुबा रमेश यादव पूर्व शिक्षक हुन्। आफ्नो प्रेम, पढाइ र राजनीतिमा बुबा, भाइ, आमा सबैले सहयोग गरेको उनले बताइन्।

‘हामी दुईको प्रेमलाई मेरो घरपरिवारले स्वीकारेको थियो। बुबा, आमा, भाइ सबैले सपोर्ट गर्नु भएको थियो। तर, आमाको सपना थियो सांस्कृतिक मूल्यमान्यता अनुसार पारम्परिक विवाह गर्नुपर्छ। त्यस कारण आमाको चाहना पूरा गरेकी हुँ’ सांसद यादवले भनिन्। ताजाखबर बाट

प्रतिकृया दिनुहोस्