आइतबार , माघ ९, २०७८

विद्यालयमा चोरी गरेको आरोपमा तीनजना प’क्रा’उ

मंग्सिर १७, २०७८ शुक्रबार 28

१६ मंसिर, धनगढी ।प्रहरीले कञ्चनपुरमा विद्यालयमा चोरी गरेको आरोपमा तीन जनालाई प’क्रा’उ गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१३ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रमुखको कक्ष र कम्प्युटर कक्षको ताला फुटाएर विभिन्न समान चोरी गरेको आरोपमा तीन जनालार्इं प’क्रा’उ गरिएको प्रहरीले जनाएको छ ।

प्क्राउ पर्नेमा भीमदत्त नगरपालिका‍-१३ पिपरिया बस्ने २० वर्षीय मोहित ठगुन्ना, २० वर्षकै महेन्द्र ठगुन्ना र २० कै शुभम भट्ट रहेका छन् ।

उनीहरुले विद्यालयको ताला फुटाएर ल्यापटप, प्रोजेक्टर, मनिटर, सीपीयू एक÷एक थान र दुई थान सीसीटीभी क्यामेराको डिभाइस पनि बरामद गरिएको छ ।

प’क्रा’उ परेका तीनै जनाविरुद्ध मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन खबर बाट

प्रतिकृया दिनुहोस्