आइतबार , माघ ९, २०७८

बालाजुको एक गेस्ट हाउसमा २ करोडमा हुदै थियो कारोबार, प्रहरी पुगेपछि…

मंग्सिर १७, २०७८ शुक्रबार 38

प्रहरीले काठमाडौंको बालाजुबाट यु’रेनियम भन्दै बेच्न लागिएको पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अ’पराध महाशाखाको विशेष टोलीले बुधबार बेलुका उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट विदुर–६ घर भई काठमाडौंको मनमैजु बस्ने लक्ष्मण घिमिरे, विदुर–२ घर भई मनमैजु बस्ने ३१ वर्षीय राजेन्द्र परियार, काठमाडौंको तारकेश्वर बस्ने ३६ वर्षीय रन्जित कार्की छन् । प्रहरीले १२ सय ग्राम यु’रेनियम जस्तो देखिने टल्किने पदार्थ पनि ब’रामद गरेको छ ।

बालाजुस्थित एक गेस्ट हाउसमा यु’रेनियम जस्तो देखिने पदार्थको अ’वैध कारोबार भइरहेको सूचना आएपछि प्रहरी टोली पुगेको थियो ।महाशाखाका अनुसार उक्त प’दार्थ प्रतिकेजी २ करोड रुपैयाँमा कि’नबेच हुन लागेको अनुसन्धानमा खुलेको छ । यद्यपि , उक्त वस्तु यु’रेनियम हो कि होइन भन्ने खुलिसकेको छैन ।

यु’रेनियम भए नभएको पुष्टि गर्न ल्या’बमा पठाइएको महाशाखाले जनाएको छ । त्यस्तै बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर र’क्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्षीय रामबहादुर खत्री रहेका छन् ।

र’क्तचन्दनको तेल प्रति लिटर ५ लाख रुपैयाँका दरले अ’वैध रुपमा का’रोबार भएको जानकारीको आधारमा बुधबार महानगरीय अ’पराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि र’क्तचन्दनको तेलसहित डिभिजन वन कार्यालय हा’त्तीसार पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

प्रतिकृया दिनुहोस्