बुधबार , माघ ५, २०७८

नेता बर्षमान पुनको स्वास्थ्यरक्षाका लागि भनेर काठमाडौँमा महामृ’त्युञ्जय पाठ

मंग्सिर १२, २०७८ आइतबार 72

काठमाडौँ– गम्भीर खालको ‘लि’भर सि’रोसिस’का कारण अस्वस्थ भएका माओवादी नेता बर्षमान पुनको दुई महिनासम्म बैँककको समितिभेज अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि उनलाई थप उपचारका लागि चीनस्थित एक अस्पताल लगिएको छ।

यता काठमाडौँमा नेता पुनको स्वास्थ्य रक्षाका लागि विज्ञहरुको विशेष टोलीद्वारा महामृ’त्युञ्जको जप पनि गरिएको छ। पुनको पारिवारिक स्रोतका अनुसार पुनको स्वास्थ्य रक्षाका लागि ईश्वरसँग प्रार्थना गर्न महामृ’त्युञ्जयको पाठ गरिएको हो। महामृ’त्युञ्जयको पाठले अकाल मृ’त्युबाट जोगाउने सांस्कृतिक मान्यता छ।

यो भगवान् शिवको आराधना हो। नेता पुनलाई अहिले चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा राखिएको छ। उनका साथमा पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला छन्। उनीहरु शुक्रबार सेन्जेन पुगेका हुन्। नेता पुन गत असोज १३ गते उपचारका लागि बैँकको समितिभेज अस्पताल पुगेका थिए।

यसअघि पनि लि’भरसम्बन्धी ज’टीलताकै कारण पुनको बैँकककै समितिभेज अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि सामान्य जीवनमा फर्केका पुन फेरि अस्वस्थ भएपछि नेपालका सुमेरु र ग्रान्डीलगायतका अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्यलाभ नहुँदा थप उपचारका लागि बैँकको समितिभेज अस्पताल पुगेका हुन्।

प्रतिकृया दिनुहोस्