बुधबार , मंग्सिर १५, २०७८

कलाकार सागर लम्साल ‘बले’ र मोडल प्रिज्मा खतिवडाको ब्रेकअप!

मंग्सिर १०, २०७८ शुक्रबार 27

काठमाडौँ, गत वर्षदेखि चर्चित हास्यकलाकार सागर लम्साल ‘बले’ र मोडल प्रिज्मा खतिवडा प्रेम-सम्बन्धमा रहेको खबर चर्चामा आइरहन्थ्यो। तर अहिले उनीहरुको ब्रेकअप भएको खबर बाहिरिएकोछ।

हास्य सिरियल ‘भद्रगोल’ बाट चर्चामा आएका लम्साल र टिकटकबाट चर्चामा आएकी प्रिज्माले थुप्रै म्युजिक भिडियोमा स्क्रिन शेयर गरेका छन्।

प्रिज्मा र सागरले आफुहरु प्रेम-सम्बन्धमा रहेको खबर भने कहिल्यै स्वीकार गरेका छैनन्। स्रोतको अनुसार सागरले यही फागुनमा विवाह गर्दैछन्। विवाह गर्ने विषयमा कुरा नमिल्दा उनीहरुबीच दरार उत्पन्न भएको दाबी छ। साथै लामो समयदेखि एकसाथ म्युजिक भिडियोमा देखिने यी जोडी केही महिनादेखि भिडियोमा समेत देखिन छाडेका छन् ।

कट्रिना र विक्कीको विवाहमा पाहुनाले मोबाइल लैजान नपाउने
बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो हप्ता विवाह बन्धनमा बाँधिदैछन् । दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको धुमाधाम तयारी गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ । समाचार अनुसार उनीहरुको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने छैनन् । विवाहमा आएका अतिथिहरुले तोकिएको कुनै स्थानमा मोबाइल राखेर मात्र समारोहमा प्रवेश गर्नुपर्नेछ ।

विवाह समारोहका कुनै पनि गतिविधि गोप्य राख्ने मनसायले कट्रिना र विक्कीले यस्तो तरीका अपनाएको बताइएको छ । आफ्नो विवाह समारोहलाई गोप्य राख्नका लागि उनीहरुले एक टिम समेत ‘हायर’ गरेका छन् ।

यसअघि बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाहमा पनि अतिथिलाई मोबाइल लैजान प्रतिबन्ध लगाइएको थियो ।

यसैगरी कट्रिना र विक्कीले परम्परागत विवाह गर्नुअघि कोर्ट म्यारिज गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोर्ट म्यारिज गर्नासाथ उनीहरुले जयपुरमा आफ्नो रीतिरिवाज अनुसार विवाह गर्नेछन् ।

प्रतिकृया दिनुहोस्