बुधबार , मंग्सिर १५, २०७८

कठै !जन्मेदेखी नै बाँधेर राखिएकी छिन् यी सानी नानी,१२ वर्ष देखि छोरी बाध्नु पर्दा आफु पा पी भए भन्दै बुबा रु न्छन् (भिडियो हेर्नुस्)

मंग्सिर १०, २०७८ शुक्रबार 26

एउटा भनाइ छ पशुलाई तह लगाउनु छ भने उसलाई बाँधेर राख्नुपर्छ ।तर बाँधेर राखी उसको स्वतन्त्रताको हनन गरिनु उचित हुँदै होइन ।पशुलाई त बाँधेर राख्न सकिएला तर मान्छेलाई नै यसरी कतै हिड डुल गर्न नदिइ राख्नु पाप नै हो ।

कालिका नगरपालिका स्थित वडा नं ३ मा एकजना १३ वर्ष कि सानी नानीलाई जन्मेको २ वर्ष नहुँदै देखि बाँधेर राखिएको छ ।सानैमा उनलाई कुन रोगले छोयो थाहा भएन र त्यही समयदेखि उनले बन्धक जस्तो जीवन बिताउनु परेको छ ।

उनका पिता वासुदेवले निकै परिश्रम गरेर एउटा सानो घर बनाएका छन् ।छोरीको हालत त्यस्तो भएपछि परिवार निकै पिडामा छ ।वासुदेव आफैं पनि प्यारालाइसेस भएर लडिरहेका छन् र कमाउने मान्छे कोहि नभएपछि परिवारको बिजोग भएको छ ।

छोरीलाई लागेको रोगको उपचार नै छैन भनेपछि उनलाई बाँधेर राख्नु परेको पिताले बताए ।आर्थिक अवस्था निकै कमजोर भएर अहिले बुबा छोरीले नै उपचार गर्न पएका छैनन् र बेसहारा भएर लडिरहेका छन् ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्