बुधबार , मंग्सिर १५, २०७८

सुर्योदय संगै यी १० वस्तुको दर्शनहुनु ,देखिनु मानिन्छ अति शुभः मिल्नेछ अनन्य लाभ !

मंग्सिर १०, २०७८ शुक्रबार 36

व्यक्तिको पैसासंग जोडिएको इच्छा कहिले पुरा होला, महालक्ष्मीको कृपा कहिले मिल्छ, यो जान्नको लागि ज्योतिषमा केही संकेत बताइएको छ। मान्यता छ कि जब यी संकेत मिल्छन् तब सम्झनुपर्ने छ कि व्यक्तिलाई लक्ष्मीको कृपा मिल्ने छ र पैसाको समस्या टाढा हुनेछ।यदि कसैलाइ बिहान-बिहानै उखु देखा पर्छ भने निकट भविष्यमा धन सम्बन्धी कार्यमा सफलता मिल्नेछ।यदि घरबाट बाहिर निस्कनासाथ गाई देखा पर्छ भने यो शुभ संकेत हो। गाई यदि सेतो रंगको भए झनै शुभ हुनेछ।

नरिवल, शंख, मयुर, हास, फूल आदी चिज बिहान बिहान देखिए निकै शुभ मानिन्छनिन्द्रा बाट उठ्ने बित्तिकै पहिलो नजर दुध वा दही राखिएको भाँडामा पर्छ भने निकै शुभ संकेत मानिन्छ।बिहान उठ्नासाथ शंख, मन्दिर वा घन्टीको आवाज सुनाइ दिनु शुभ मानिन्छ।यदि कसैको सपनामा पटक पटक हरियाली, लक्ष्मीको बहान उल्लु देखाइपरेमा निकट भविष्यमा धनको समस्या टाढा हुनेछ।कुनै काम विशेषले बाहिर निस्कदा बाटोमा रातो साडीमा पुरै श्रृंगार गरेकी स्त्री देखिएमा महालक्ष्मीको कृपाको इशारा बुझ्न सकिन्छ। यस्तोमा त्यो दिनको कार्य सफल हुने अधिक सम्भावना हुन्छ।

शास्त्रको अनुसार शुक्रबार महालक्ष्मीको पुजा गर्नाले विशेष कृपा मिल्छ। यो दिन कुनै कन्याले सिक्का दिएमा सो शुभ संकेत मानिन्छ।यदि कोही व्यक्ति सपनामा सेतो सर्प, सुन रंगको सर्प देख्छ भने लक्ष्मीको कृपाको संकेत बुझ्नु पर्छ। यस्तो भएमा निकट भविष्यमा कुनै विशेष उपलब्धी हासिल हुनेछ यात्रामा जाँदा सर्प, बाँदर, कुकुर या कुनै पंक्षी देखाइपरे शुभ सकेत हो। यात्रा मंगलमय रहनेछ।

यसैगरी ज्योतिषशास्त्रमा जम्मा १२ राशि उल्लेख छ। १२ राशिका अलग अलग ग्रह स्वामी रहेका हुन्छन्। यदी कुण्डलीमा ग्रह स्वामीको स्थिती शुभ नदेखिए व्यक्तिलाई कुनै पनि काममा बाधा तथा व्यवधान आउने गर्दछन्।जीवनमा दुख मात्र आउने गर्दछ। जीवन चलाउन कडा मेहनत गर्दा पनि प्रयाप्त पैसा हात नलाग्ने योग रहेको हुन्छ। ज्योतिषाचार्य मनिष शर्माले ग्रह अनुसार स्वामीको शुभ बनाउनका लागि घरमा विरुवा रोप्नु पर्ने बताएका छन्। त्यसो गर्दा तपाईको भाग्य बदलिन सक्ने ज्योतिषशास्त्रमा उल्लेख छ।

मेष वा वृश्विक : जुन व्यक्तिको राशि मेष वा वृश्विक छ ती व्यक्तिले मंगल ग्रहलाई प्रसन्न गर्नका लागि घरमा तातो फूल फूल्ने विरुवा रोप्नु राम्रो हुन्छ।वृष वा तुला : जुन व्यक्तिको राशि वृष वा तुला छ ती व्यक्तिले ग्रह स्वामीको शुक्रलाई प्रसन्न गराउनका लागि घरमा सेतो फूल फूल्ने विरुवा रोप्नु राम्रो रहन्छ।मिथुन वा कन्या : जुन व्यक्तिको राशि मिथुन वा कन्या रहेको हुन्छ ती व्यक्तिले बुध ग्रह स्वामीलाई प्रसन्न बनाउनका लागि घरमा फूल नफूल्ने साना साना विरुवा रोप्नु राम्रो हुन्छ।

कर्कट राशि : कर्कट राशि भएका व्यक्तिले ग्रह स्वामी चन्द्रको प्रसन्न गराउनका लागि घरमा तुलसी वा अन्य साना औषधिजन्य बोट विरुवा रोप्नु राम्रो हुन्छ।सिंह राशि : सिंह राशि भएका व्यक्तिले घरमा रातो रंगको फूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।धनु वा मिन : जुन व्यक्तिको धनु वा मिन राशि हुन्छ, ती व्यक्तिले ग्रह स्वामी बृहस्पतिको प्रसन्न बनाउनका लागि घरमा पहेलो फूल फुल्ने विरुवा लगाउदा शुभ मानिन्छ।मकर वा कुम्भ : मकर वा कुम्भ राशि भएका व्यक्तिले शनिदेवलाई प्रसन्न बनाउनका लागि फूल नफूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।

प्रतिकृया दिनुहोस्