बुधबार , मंग्सिर १५, २०७८

बखतेको बिबाह हल्ला मात्र कि सत्य ? प्रेमिका भनिएकी किरण र बखत बिष्ट एकसाथ(भिडियो हेर्नुहोस्)

मंग्सिर ९, २०७८ बिहिबार 19

केहि समय अघि बखतेले आफू बस्दै आएको हिमेश र मेघ्नाको घर छाडेर एक्लै बस्ने निर्णय गरेका थिए । सधै अरुकै भरमा बस्नु भन्दा आफै केही गरेर जिन्दगी चलाउनु पर्छ भन्ने उद्देश बोकेर आफुले एक्लै बस्ने निर्णय गरेको बताएका थिए । पहिले देखि नै एक महिलासगँ उनको टिकटक भिडियो देख्न सकिन्थ्यो । जसलाई थुप्रै दर्शकले मन पराएका थिए । तर दर्शकहरुले बिबाह गर्नुस, प्रेमी प्रेमिका हो ? भन्ने जस्ता टिप्पणी सामाजिक संजालमा गर्ने गरेका थिए ।

शारीरिक बनावट उस्तै भएकै कारण पनि हेर्दा उनिहरुको जोडि मिलेको देखिन्छ । त्यसैले पनि दर्शकहरुले आफुहरुलाई बिबाह गर्न सुझाब दिने गरेको उनिहरुको भनाई थियो । तर बाहिर हल्ला आए जस्तो आफुहरु प्रेम सम्बन्धमा पनि नभएको र बिबाहको कुरा त झन हुँदै नभएको कुरा बाहिर हल्ला फिजाएको बखत बिष्टले मिडियामा बताए । एक साथ दुबै जना मिडियामा आएर उनिहरुले आफुहरुको सम्बन्ध दिदी भाइको भएको बताएका छन । त्यसैले त्यसरी झुटो हल्ला नफैलाउन उनिहरुले आग्रह गरेका छन ।

आफुहरु एक संस्थाबाट चिनजान भएर एउट आसल साथिको रुपमा रहि सगैँ काम गरेको र गत दशैँ बाट दिदिभाईको सम्बन्ध भै टीका लगाएको पनि बखतेले बताएका छन । तिहारमा पनि भाइटिका लगाउने आफुहरुको सल्लाह भएको भएता पनि आफू काम विशेषले गर्दा दाङ जानू परेकोले गर्दा तिहारमा टीका लाउन नपाएको बखतेको भनाई छ । तर पनि आफुहरुको सम्बन्ध साथिबाट अब दिदिभाईमा परिणत भै सकेकोले गर्दा गलत टिकाटिप्पणी नगरिदिन उनले आग्रह गरेका छन ।

अहिले आफू आफ्नो करियर बनाउन लागि परेको भन्दै अहिले यो प्रेम सम्बन्ध, बिबाह जस्ता कुरामा अब आफू नअल्झिने बखतेले बताए । किरणले पनि बखतेले भने जस्तै आफुहरुको सम्बन्ध प्रेमी प्रेमिकाको नभै दिदिभाइको भएको बताईन । बखते मिलनसार भएको र कुनै काम गरौ भन्दा मिलेर गर्ने भएकोले गर्दा अहिलेसम्म आफुहरु मिलेर काम गरिरहेको उनको भनाई छ । सगै काम गर्दैमा त्यसरी गलत नसोच्न पनि उनिहरुले आग्रह गरेका छन । साथी अब देखि यस्तो झुटो हल्ला पनि नगर्न उनिहरुले अनुरोध गरे ।

तर यश अघि किरणले भने अहिले त्यस्ती कुनै प्रेम सम्बन्ध नभएको भएता पनि भविस्यमा के हुन्छ त्यो भन्न नसकिने बताएकी थिइन । किरणको उक्त कुराले पनि उनिहरुबिच केही होला कि भन्ने दर्शकहरुले आकलन गरेका थिए । तर अहिले भने उनिहरु दुबैले आफुहरुको सम्बन्धबारे खुलाएका हुन ।आफुहरु बिच कुनै प्रेम सम्बन्ध केही नरहेको र कामको शिलशिलामा भेट हुदाँ जोडि मिल्ने भएकोले टिकटकहरु मात्र सगैँ बनाउने गरेको किरणले बताएकी छिन । केही समयदेखी बखत पनि एक्लै बसेको र आफू पनि एक्लै भएका कारणले दर्शकहरुलाई कतै उनिहरु प्रेम सम्बन्धमै छन कि भन्ने लागेको हुन सक्ने किरणले बताएकी छिन । त्यसलाइ आफुले स्वभाविक रुपमा लिएको उनको भनाई छ । तर त्यस्ती सम्बन्ध भने केही नभएको उनले बताइन । (भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्